पोखरा–१४ अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन

पाेखरा | जेठ ११, २०८०

पोखरा–१४ अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा पोखरा १४ च्याम्पियन भएको छ । 


। पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा वडा नम्बर १५ लाई ४-० गोलान्तरले हराउँदै वडा नम्बर १४ च्याम्पियन बनेको हो । 


आशिष कार्की, सिद्धान्त गुरुङ, प्रताप गुरुङ र यामबहादुर श्रेष्ठले गरेको गोलसँगै वडा नम्बर १४ ले उपाधि जितेको हो । यामबहादुर फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । 


विजेता वडा नम्बर १४ को टिमले एक लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता वडा नम्बर १५ को टिमले एक लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । वडा नम्बर १४ का आशिष कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । उनले १५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । 


वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए । वडा नम्बर १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड बने । उत्कृष्ट खेलाडी र प्रशिक्षकले ५/५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए । 


पुरस्कार वितरणपछि बोल्दै महानगरपालिका प्रमुख धनराज आचार्यले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण हुने बताए । तल्लो तहमा हुने प्रतियोगितालाई महानगरपालिकाले विशेष प्राथमिकता दिने उनको भनाइ थियो । कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता थियो । 
 

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्